images
images
images

धमाधम चल्दैछ त्रिभुवन विमानस्थल स्तरोन्नति (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं । 

त्रिभुवन विमानस्थल स्तरोन्नतिको काम पूर्ण रूपमा सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भए पनि पूर्ण रूपमा काम सक्न अझै डेढ वर्ष लाग्ने देखिएको हो ।
‘हाल ट्याक्सी–वे’, ह्याङ्गर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माणको काम जारी छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार हाल नियमित हवाई उडानमा कुनै किसिमको अवरोध नगरी काम भइरहेको छ ।  गत २३ कात्तिकदेखि दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) उडान–अवतरण बन्द गरेर थालिएको निर्माण कार्यमा असर नपर्ने गरी १९ माघदेखि भने ८ घण्टा मात्र विमानस्थल बन्द गरेर विस्तार गरिएको थियो । तर अहिले बिहान ६ बजेदेखि रातको १२ बजेसम्म उडान जारी राखेर काम गरिरहेका छौं,’ श्रेष्ठले भने ।

ट्याक्सी–वे विस्तारको काम सकिएपछि त्रिभुवन विमानस्थल बृहत् बनाउने गुरुयोजनाअन्तर्गत काम अघि बढाइएको छ । धावनमार्गका दुवै बिन्दुतर्फका समानान्तर ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्याङ्गर क्षेत्र निर्माण सकिएपछि ठूलो विमानस्थल सुविधा सम्पन्न हुने श्रेष्ठले बताए ।

विमानस्थल स्तरोन्नतिको काम सकिएपछि धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्ने अनुमान गरिएको छ । हालसम्म करिब ७० प्रतिशत बढी काम सकिएको र चाँडै काम सकेर सुविधा सम्पन्न र क्षमतावान् विमानस्थल बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयले जनाएको छ । १५ अर्ब रुपैयाँ लागतको परियोजनामा विमानस्थलको स्तरोन्नति भइरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्