images
images
images

डोलेश्वर भिलेज रिसोर्टको ११औँ साधारणसभा सम्पन्न, ३० प्रतिशतआईपीओ निष्कासनको तयारी

images

पूर्वाधार वाच, भक्तपुर ।

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिकसाधारणसभा सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित रिसोर्टको सभाहलमासम्पन्न भएको छ।

साधारणसभाले कम्पनीको जारी पुँजीको ३० प्रतिशत अर्थात् १६ लाख २० हजारकित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ।आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) माआवेदनसमेत दिइसकेको जनाएको छ।

सभामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले डोलेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न रिसोर्टकोभूमिका महत्वपूर्ण रहेको बताए।

साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टिपोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचितगरेको छ। निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रामनाथ मैनालीलाईअध्यक्ष र टिकाध्वज भण्डारीलाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।

२०७२ सालदेखि सञ्चालनमा आएको रिसोर्टले आईपीओबाट प्राप्त पुँजीलाई रिसोर्टविस्तार, पूर्वाधार विकास तथा चारतारे स्तरमा स्तरोन्नति गर्न प्रयोग गर्ने योजनाबनाएको छ। थप आवासीय कोठा, स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल तथामनोरञ्जन क्षेत्र विस्तार गर्ने कम्पनीको लक्ष्य छ।

त्यस्तै, पर्यटनसँगै कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा अन्यउत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै शेयरधनीलाई प्रतिफल दिने लक्ष्य रहेकोकम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्