images
images
images

पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो

images

पूर्वाधार वाच, खोटाङ ।

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटार भएर बग्ने सुनकोसी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।

नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । सडक विभागले रु एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्