images
images
images

इन्जिनियर तथा आर्किटेक्टका लागि ‘रोजगारी पोर्टल’ बनाउँदै इन्जिनियर्स एशोसिएसन

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल इन्जिनियर्स एशोसिएसनले ईन्जिनियर तथा आर्किटेक्टहरूका लागि विशेष रोजगारी पोर्टल विकास गर्ने उद्देश्यले इन्फिनिटी डिजिटल एजेन्सीसँग बुधबार एक औपचारिक सम्झौता गरेको छ।

रोजगारी खोज्ने पेशाकर्मीहरू र रोजगारदाता संस्थाहरूबीचको सम्पर्क स्थापना गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योगबीचको खाडल पुरा गर्न पोर्टलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त एोसिएसनले विश्वास व्यक्त गरेको छ।

इन्जिनियरहरूको पेशागत अवसर विस्तार र नेटवर्किङ सुदृढ गर्न यो पहल एक प्रभावकारी कदम हुने समेत एशोसिएनको दाबी छ । उक्त पोर्टलको औपचारिक शुभारम्भ आगामी श्रावण ३ गते, ६३औं इन्जिनियर्स डे को अवसरमा गर्ने योजना रहेको एशोसिएसनले जानकारी दिएको छ।

एशोसिएसनले सम्पूर्ण इन्जिनियरिङ समुदायलाई उक्त परियोजनाप्रति चासो राख्न, संलग्न हुन तथा नैतिक समर्थन प्रदान गर्न आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्