images
images
images

नेपाल वास्तुविद् समाज र ख्वप इन्जिनियरिङ कलेजबीच द्वीपक्षीय समझदारी

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल वास्तुविद् समाज (सोना) र ख्वप इन्जिनियरिङ कलेज भक्तपुरबीच द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । शिक्षा, अनुसन्धान र अन्तरसंस्थागत सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले उक्त समझदारी भएको सोनाले जनाएको छ ।

यस समझदारीपत्रको माध्यमबाट दुवै संस्थाले शिक्षा स्तर उन्नयन, अनुसन्धान अभ्यास प्रोत्साहन, विद्यार्थीहरूको इन्टर्नसिप सुविधाजनक बनाउने, अन्तरदेशीय अध्ययन आदानप्रदानलाई प्रवर्द्धन गर्ने र संयुक्त कार्यक्रम तथा परियोजनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा सोनाका पदाधिकारी र ख्वप इन्जिनियरिङ कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्यले भविष्यमा प्राविधिक शिक्षा र व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सम्झौताअनुसार, विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान परियोजनामा संलग्न गराउने, तालिम र कार्यशालाको आयोजना गर्ने र अनुभव तथा सीप आदानप्रदान गर्ने जस्ता कार्यहरू प्राथमिकतामा पर्नेछन्।
यस समझदारीले नेपाली इन्जिनियरिङ तथा वास्तुकला शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्