images
images
images

भूकम्प आएपछि कराँचीको जेलबाट भागे २१३ कैदी

images

पूर्वाधार वाच, काठमाडौं ।

पाकिस्तानको कराँचीस्थित मालिर जेलका २१३ कैदी मागेका छन् । जियो न्यूजका अनुसार ८० कैदीलाई पुन पक्राउ गरिएको छ भने बाँकी कैदीको खोजी कार्य भैरहेको छ ।

घटनाको क्रममा भएको गोलीबारीमा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी घाइते भएका छन् । कराँचीमा गए राति धेरै भूकम्पका झट्का महसुस गरिएको अवस्थामा यो घटना भएको बताइएको छ ।

भूकम्पको झट्काले कैदीहरूमा त्रास फैलिएपछि उनीहरु जेल तोडेर भागेको मिडिया रिपोर्टमा उल्लेख छ । जेलको सुरक्षा प्रशासनले एक हजारदेखि १५ सय कैदी ढोकामा आएपछि सम्हाल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्