पूर्वाधार वाच, काठमाडौं ।
रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतोलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरी धनुषा पठाइएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का स्थायी वासिन्दा महतो हाल काठमाडौंको सिफलचौर बस्दै आएका थिए ।
उनी उरमण कन्स्ट्रक्सन प्रालिमा सञ्चालकमध्येका एक हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे।
पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ। दुवै जना भने फरार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्