पूर्वाधार वाच, जनकपुर ।
इन्जिनियरहरुको दक्षता बढाउन नेपाल इन्जिनियर्स एशोसिएनले सक्रियता बढाएको छ । कोशी प्रदेशका इन्जिनियरहरुको लागि तालिम सम्पन्न गरेपश्चात मधेश प्रदेशमा समेत ४ दिने तालिम सम्पन्न भएको हो । नगर विकास कोषको सहयोगमा र नेपाल इन्जिनियर्स एशोसिएन तथा मधेश प्रदेश कमिटीको समन्वयमा आयोजित ‘Urban Planning: Tools & Techniques’ विषयक चारदिने तालिम जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको हो।
शहरी योजना, विकासका प्रविधि र कार्यान्वयनका आधुनिक उपकरणहरूबारे इन्जिनियरहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिममा मधेश प्रदेशका विभिन्न स्थानीय तह र प्राविधिक निकायहरूमा कार्यरत इन्जिनियरहरूको उल्लेखनीय सहभागिता थियो ।
यस्ता तालिमहरूलाई क्रमशः सबै सातवटै प्रदेशमा विस्तार गर्दै लैजाने गरी तयारी भइरहेको एशोसिएनले जनाएको छ। यही सिलसिलामा आगामी तालिम गण्डकी प्रदेशमा सञ्चालन गरिने छ। एशोसिएसनले देशभरका इन्जिनियरहरुका लागि व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने समेत एशोसिएसनले प्रतिबद्धता व्यक्त गरेको छ।
तालिम कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बराल, केन्द्रीय सदस्य ई. प्रभुरमम पोखरेल, एशोसिएनका मधेश प्रदेश अध्यक्ष गौरी पण्डितलगायतका उपस्थिति थियो । शहरीकरणको तीव्र प्रवृत्तिलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै सहभागीहरूले यस्ता तालिमहरू नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्