images
images
images

टेलिकमको बिलिङ प्रणाली प्रकरणमा अख्तियारले आरोपी बनाएका १८ जना को को छन् ?

images

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारमा भएको भ्रष्टाचारको आरोपमा ३३ करोड ४८ लाख १७ हजार ४३० बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ । नेपाल टेलिकममा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगाएका समस्या भए पछि नयाँ प्रणाली जडान गर्ने निर्णय भए पनि प्रबन्ध निर्देशकसहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फनो कम्पनीलाई मर्मत सम्भारको जिम्मेवारी दिएको थियो ।

हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतमा लागि बिना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाएपछि अख्तियारले यो विषयमा अनुसन्धान अगाडी बढाएको थियो । अख्तियारले अनुसन्धानका क्रममा पुरानै बिलिङ प्रणाली मर्मतका नाममा टेलिकमलाई ३३ करोड ४८ लाखको नोक्सानी भएको दाबी गरेको छ ।

आरोपीहरु:  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल । 

– तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगीता पहाडी भन्ने संगिता अर्याल ।

– तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ ।

– तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ

– तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय ।

– तत्कालीन निर्देशक विनीता श्रेष्ठ ।

– तत्कालीन निमित्त निर्देशक अमूल प्रधान ।

– तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा ।

– तत्कालीन उप-प्रबन्धक राजीव कुमार के।सी ।

– तत्कालीन उप-प्रबन्धक सन्तोष कुमार श्रेष्ठ ।

– तत्कालीन उप-प्रबन्धक नवल चौधरी ।

– तत्कालीन उप-प्रबन्धक मुक्ति प्रसाद अर्याल ।

– तत्कालीन उप-प्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा राम प्रताप कर्ण ।

– तत्कालीन उप-प्रबन्धक परमात्मा भट्टराई ।

– AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.) AsiaInfo Yunghang Software (Beijing) Limited को AMC with upgrade को सम्झौतामा संलग्न Senior Director Long Yong.
– AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को CRBT&CS Project Office, Kathmandu का तत्कालीन Operation/Project Manager Mr. Huang Wei (Yellow).
– AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठको हकमाः
-AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्