पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरेको सिप मेला एकीकृत भएको महसुस गर्यौँ । मेलाको अवलोकन गर्न आउनुभएका हलेसी तुवाचुङ् नगरपालिकाका प्रमुख विमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले प्रतिक्रिया दिनुभएको छ ।

यी पालिकाहरू कोशी प्रदेशको खोटाङ जिल्लामा पर्छन् । ‘काठमाडौँले मेला आयोजना गरेर उदाहरण स्थापित गरेको छ । यसलाई संघ र प्रदेश सरकारले नीति योजना तथा कार्यक्रममा समावेश गरेर हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ । यसले युवाहरूले आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने सपना देख्छन् । मानव पुँजी पलायन हुनबाट रोक्न यो काम अहिले अति जरुरी छ ।’
उहाँहरूले यसको विकास र विस्तारका लागि संघ र प्रदेश सरकारबाट अपेक्षा राख्नुभयो । ‘तालिम सकिए पनि कार्यक्रम नियमित हुनु मेलाको सबैभन्दा सबल पक्ष लाग्यो । अन द जब ट्रेनिङमा जानेका लागि न्यूनतम पारिश्रमिक उपलब्ध गराउन चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर साझेदारीमा काम गर्नु अर्को सिकाइ योग्य अभ्यास लाग्यो ।’ उहाँहरूले प्रतिक्रिया दिनुभयो ।
तालिम सञ्चालन विधि, प्रशिक्षणको पाठ्यक्रम, पाठ्य सामग्री र प्रयोगात्मक सिपका विषयमा तालिम संयोजक देवेन्द्र के. सी.ले जानकारी गराउनुभएको थियो । जेठ ७ गतेदेखि सुरु भएको मेलामा १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित तालिम चलिरहेका छन् । हरेक दिन ३ सिफ्टमा प्रशिक्षण चल्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्