पूर्वाधार वाच, काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
तीनकुने घटनाबारे दिनभर चलेको थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् ।
उनीसहित अन्य ७ जनालाई पनि थुनामा पठाउन आदेश गरिएको छ । भने ३२ जनालाई धरौटीमा रिहा गर्न भनिएको छ ।
गत चैत १५ गते तिनकुनेमा राजतन्त्र समर्थक आन्दोलनको आडमा प्रसाईंहरुले बबन्डर मच्चाएपछि उनीहरु पक्राउ परेका थिए ।
उक्त घटनामा एक पत्रकारसहित केहीको ज्यान गएको थियो भने धेरै स्थानमा लुटपाट र आतंक मच्चाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्