पूर्वाधार वाच,काठमाण्डौं।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत आज घरेलु टोलीको सामना गर्दैछ ।
नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुने खेलमा नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ ।
सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्याण्ड २ अंकसाथ शीर्ष स्थानमा छ । नेपालले भने खाता खोल्न बाँकी छ ।
नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलमा किरण ठगुन्ना र रुपेश सिंहलाई डेब्यु दिएको थियो । दुवैका लागि उक्त खेल सम्झनलायक भने रहेन ।
आजको खेलमा टोलीमा केही परिवर्तन हुने सम्भावना छ । तीव्र गतिका बलर नन्दन यादवले हिजोको खेलमा चोट बोकेका कारण आज विश्राम लिन सक्छन् ।
नेपालका लागि हिजो रिजन ढकाल, भिम सार्की, आरिफ शेख, बसीर अहमद र आसिफ शेख बेन्चमा रहेका थिए । आज रिजन ढकालले अवसर पाउने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्