images
images
images

भारतमा एलन मस्कको स्टारलिंकलाई इजाजत

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतले अमेरिकी टेक अर्बपति एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई इजाजत (लाइसेन्स) दिएको छ। भारतका सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले यससँगै भारतले सञ्चारको नयाँ सीमालाई अझ अघि बढाएको बताएका छन्। स्टारलिंकले पृथ्वीको बाहिरी कक्षमा अवस्थित स्याटेलाइटहरूमार्फत् टाढा टाढाका दुर्गम स्थानहरूमा समेत छिटो इन्टरनेट सेवा पुर्‍याउने गर्दछ ।

सञ्चार मन्त्री सिन्धियाले स्टारलिंककी पेरेन्ट कम्पनी स्पेस एक्सकी प्रमुख तथा सीओओ ग्विन शटवेलसँगको बैठक पनि निकै फलदायी भएको जानकारी दिए । शटवेलले पनि भारतमा स्टारलिंकलाई इजाजत दिइएकोमा सराहना गर्दै यसलाई एक शानदार सुरुवातको रुपमा लिएकी बताइन् । स्टारलिंक सुरु भएसँगै भारतमा इन्टरनेटको मूल्य निर्धारण, स्पेक्ट्रम वितरण लगायतका विषयमा पुनः बहस सुरु भएको छ।

यद्यपि, यसअघि नै भारतका ठूला टेलिकम सेवा प्रदायक कम्पनीहरू जियो र भारती एयरटेलले स्टारलिंकको इन्टरनेट सेवा उपभोक्तासम्म पुर्‍याउन मार्चमै स्पेस एक्ससँग सम्झौता गरिसकेका थिए।

एलन मस्कको सामाजिक सञ्जाल एक्स भारतमा पहिल्यै लोकप्रिय भइसकेको छ। अब स्टारलिंकको सेवा सुरु भएपछि मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला पनि भारत भित्रिने तयारीमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्