पूर्वाधार वाच, काठमाडौं ।
जुगरातमा १६ र १७ जुनमा भएका भएका प्राकृतिक विपत्तीका घटनामा परी १८ जनाको ज्यान गएको छ । राज्यका अधिकारीहरूले मंगलबार साँझसम्म भित्री भूभागमा फसेका दर्जनौं नागरिकलाई उद्धार गरिएको बताएका छन्।
अधिकारीहरूका अनुसार, राज्यका सबै जिल्लाहरूमा एनडीआरएफ (राष्ट्रिय प्रकोप प्रतिक्रिया बल) र एसडीआरएफ (राज्य प्रकोप प्रतिक्रिया बल)का टोलीहरू परिचालन गरिएको छ।
राज्यका विपद् व्यवस्थापन आयुक्त आलोककुमार पाण्डेले जानकारी दिँदै आँधी–तुफान, चट्याङ, खराब मौसम र घर भत्किनुका कारण १८ जनाको मृत्यु भएको बताए। उनले राज्यले स्थिति नियन्त्रणमा लिन आवश्यक सम्पूर्ण तयारी गरेको जनाउँदै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित विभागहरूबीच समन्वयलाई थप सशक्त बनाइएको बताए।
आयुक्त पाण्डेका अनुसार, मुख्यमन्त्री भूपेन्द्र पटेलले भारी वर्षापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेका थिए। उनले राज्यका २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका थिए। सो बैठकमा पटेलले प्रत्येक जिल्ला प्रशासनलाई मानवीय तथा भौतिक क्षति न्यून पार्ने उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्