images
images
images

एयर इन्डियाका ८३ वाइड बडी उडान रद्द, कारण के हाे ?

images

पूर्वाधार वाच, काठमाडौं । 

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का अनुसार १२ जुनदेखि १७ जुन (झण्डै ६ दिन)को अवधिमा एयर इन्डियाका ८३ उडान रद्द गरिएका छन्। तीमध्ये ६६ वटा बोइङ ७७७ विमान प्रयोग गरिएका उडानहरू थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार, एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय मार्गहरूमा दैनिक एक हजारभन्दा बढी उडान सञ्चालन गरिरहेका छन्। यस अवस्थालाई ध्यानमा राख्दै डीजीसीएले दुवै एयरलाइन्सका उच्च अधिकारीहरूसँग विशेष बैठकसमेत गरेको छ।

डीजीसीएद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एयर इन्डियाका बोइङ ७७७ विमानहरूमा गरिएको परीक्षणमा कुनै ठूलो सुरक्षा चुनौती देखिएको छैन। विमान तथा त्यससँग सम्बन्धित मर्मत प्रणालीहरूले हाल कायम रहेको सुरक्षा मापदण्डहरूको पालना गरिरहेका छन्।’

हाल एयर इन्डियासँग ४० वटा बोइङ ७७७ विमान छन्। डीजीसीएले ती विमानहरूको व्यापक सुरक्षा परीक्षण गरिरहेको थियो, जुन १७ जूनसम्म ३० वटा विमानमा सम्पन्न भइसकेको छ। त्यसैगरी, इरान–इजरायल द्वन्द्वका कारण विभिन्न हवाई मार्गहरू बन्द गरिएका छन्।

यसले गर्दा धेरै उडानहरूको मार्ग परिवर्तन गर्नु परेको, ढिलो भएको वा रद्द गरिएको अधिकारीहरूले जनाएका छन्। डीजीसीएले एयरलाइन्सहरूलाई सुझाव दिँदै भनेको छ कि यात्रुलाई उडान रद्द वा ढिलो हुने जानकारी अगावै दिनु, र बाधा कम गर्न वैकल्पिक मार्गहरूको रणनीति अपनाउनु आवश्यक छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्