पूर्वाधार वाच, काठमाडौं ।
अमेरिकामा लडेर मृत्यु हुने ज्येष्ठ नागरिकको संख्यामा बढ्दाे क्रममा रहेकाे पाइएकाे छ । अमेरिकामा जारी एक संघीय रिपोर्ट अनुसार लडेर मृत्यु हुने अधिकांश गोरा समुदायका ज्येष्ठ नागरिक रहेका छन् ।
रिपोर्टअनुसार सन् २००३ देखि २०२३ सम्म ६५ देखि ७४ वर्ष उमेर समूहका मृतकको संख्यामा ७० प्रतिशतले वृद्धि भएको छ ।
जबकि ७५ देखि ८४ वर्षका ज्येष्ठ नागरिकको मृत्युको तथ्यांक ७५ प्रतिशतले बढेको पाइएको छ । यसका अलावा ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा लडेर हुने मृत्युको संख्या हालका वर्षहरूमा दुई गुणा भएको छ ।
यस अध्ययनमा सहभागी रहेका युनिभर्सिटी मिशिगनका रिसर्चर जेफ्री हफमान भन्छन्, ‘लड्नु एक यस्तो सार्वजनिक समस्या भइसकेको छ कि यसमा ध्यान दिन जरुरी भइसकेको छ । यस गतिमा भएको दर अजीव छ ।’
अमेरिकामा सन् २०२३ मा रिटायरमेन्ट उमेरका ४१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । यस तथ्यांकअनुसार उक्त वर्ष हरेक ५६ जनामध्ये एक ज्येष्ठ नागरिकको मृत्यु एक थियो ।
जसमा लडेर मृत्यु भएका ४१ हजार ज्येष्ठ नागरिकको उमेर ८५ वर्ष वा सोभन्दा बढी थियो । जसमा ८७ प्रतिशत मृतक गोरा समुदायका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्