पूर्वाधार वाच, काठमाडौं ।
पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई नियन्त्रणमा लिएको जनाएको छ ।
शुक्रबार काठमाडौंस्थित आयोगको टोलीले श्रीवास्तवलाई पक्राउ गरेको हो। उनीमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना तथा ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोप छ।
आयोग स्रोतका अनुसार, श्रीवास्तवले पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला परेको छ। श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत छन्। यसअघि उनी पोखरिया नगरपालिकामा कार्यरत थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्