images
images
images

शहरी विकास मन्त्रालय सबैभन्दा लथालिङ्ग र अस्तव्यस्त छ : सुर्य थापा

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेका सांसद सुर्य थापाले लौहपुरुष गणेशमान सिंहका नाममा उनकै सम्मान घटाउने गरी शहरी विकास मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै सच्चाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले शहरी विकास मन्त्रालयको बजेट सच्चाउन माग गरेका हुन् ।

सांसद् थापाले झन्डै ७५ करोडको बजेटमा गणेशमानको सम्मानलाई साट्ने गरी विनियोजन भएको भन्दै सच्चाउन माग गरेका हुन् ।

उनले विभिन्न ठाउँका वडा कार्यलयहरु विपतमा परेर पहिरोमा पुरिएर क्षतिग्रस्त भएपनि ती बनाउन बजेट विनियोजन नभएको तर गणेशमान सिंहको पनि सम्मान नहुने खालका गणेशमानको नाम जोडिएका योजनाहरू बजेटमा पारेको बताए ।

‘आश्चर्य लागेको छ । राष्ट्रिय योजना आयोगले तीन करोडका योजनाको सिलिङ दिएको थियो । शहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिङ्ग र अस्तव्यस्त मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन । त्यसकारण ससाना टुक्रा टुक्रे योजनाहरू फालिनुपर्छ’, थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्