पूर्वाधार वाच, काठमाडौं ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार लेख्नु अपराध नभएको बताएका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् ।
बिहीबार अदालतको अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा गर्ने आदेश गरेपश्चात महासचिव दाहालको सो अभिव्यक्ति आएको हो ।
उनले विज्ञप्तिमार्फत् बुधबार विशेष अदालतलाई उक्त मुद्दा प्रेस काउन्सिलको क्षेत्राधिकारको विषय रहेको उल्लेख गर्दै प्रकृया अगाडि नबढाउन वा आदेशमा पुनर्विचार गर्न माग गरेका थिए । पछिल्लो समय पत्रकार एवं सञ्चार गृहहरुमाथि चौतर्फी आक्रमण समेत बढिरहेको छ ।
यस्तो समयमा पत्रकार महासंघलगायत प्रेस जगतका सरोकारवालाहरु जागरुक बन्न खोजे पनि प्रभावकारिता कम भएको विश्लेषण गर्न थालिएको छ ।विशेष अदालतमा सम्पादक श्रेष्ठ र सुब्बाको मुद्दामा बहसको क्रममा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासमेत पुगेकी थिइन् ।
महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट तथा पूर्वमहासचिव रोशन पुरीसमेत विशेष अदालत पुगेका थिए । बिहीबार साँझ जनही २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतको आदेशसँगै दृष्टि साप्ताहिकका सम्पादकश्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक सुब्बा धरौटी बुझाएर रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि १५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, विदुर कोइराला सम्मिलित इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका हुन् ।
सम्पादक श्रेष्ठ र सुब्बा जनही २५ हजार धरौटीमा रिहा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्