images
images
images

भौतिक, खानेपानीसहित ४ मन्त्रालयका सचिवहरूको विदेश भ्रमण स्वीकृत

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले चार मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमणलाई स्वीकृति दिएको छ। खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूलाई विदेश भ्रमणमा जान अनुमति प्रदान गरिएको सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरू डिल्लीराम शर्मा र डा. विकास देवकोटालाई वैदेशिक भ्रमणको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको सरकार प्रवक्ता गुरुङले बताए ।

उक्त भ्रमण कुन देशमा, कहिले र कुन उद्देश्यका लागि हुने भन्ने विस्तृत विवरण सार्वजनिक नभए पनि सरकारको उच्च तहका प्रशासनिक नेतृत्वलाई अनुभव आदान–प्रदान, अध्ययन अवलोकन तथा अन्तर्राष्ट्रिय सम्मेलन वा छलफलमा सहभागी गराउन स्वीकृति दिइएको संकेत गरिएको छ।

यस्ता भ्रमणहरूबाट सम्बन्धित मन्त्रालयहरूलाई नीति निर्माण, सेवा प्रवाह र अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तालमेल मिलाउन मद्दत पुग्ने अपेक्षा हुन्छ । यद्यपि सरकारले सचिवस्तरीय भ्रमणलाई प्रभावकारी र पारदर्शी बनाउनेतर्फ ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्