पूर्वाधार वाच, काठमाडौं।
नेपालभर क्रियाशील पानी उद्योगीहरूको साझा प्रयासमा नेपाल पानी उद्योग महासङ्घ औपचारिक रूपमा दर्ता भएको छ। महासङ्घ सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएसँगै औपचारिक रूपमा सञ्चालनमा आएको हो।
विक्रम लिम्बु चेमजोङ अध्यक्ष चयन
महासङ्घ दर्तासँगै अध्यक्षमा विक्रम लिम्बु चेमजोङ चयन भएका छन्। वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भरत बुढाथोकीलाई दिइएको छ भने उपाध्यक्षहरूमा बिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, साहिल साह, टेकेन्द्र सिंह कुन्जेडा र कृष्णप्रसाद आचार्य चयन भएका छन्।
महासचिवदेखि कोषाध्यक्षसम्मको टिम
महासङ्घको महासचिवमा ध्रुवप्रसाद अधिकारी चयन भएका छन् भने उपमहासचिवको जिम्मेवारी रोसा श्रेष्ठले सम्हाल्ने भएकी छन्। कोषाध्यक्षमा देव नारायण चौलागाईं चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सहदेब बोलखे, विष्णु हमाल, पदम राउत, शौरभ मारु, नारायण गिरी, रक्की लामा, आशिष चौधरी, मनिष महासेठ, राम सुवाल र जितेन्द्र दाहाल रहेका छन्।
सातै प्रदेशको प्रतिनिधित्वसहित महासङ्घ गठन
महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार देशभरका पानी उद्योगीहरूको लामो समयदेखिको साझा आकाङ्क्षा सातै प्रदेशका उद्योगीहरूको प्रतिनिधिमूलक सहभागितामार्फत साकार भएको हो। उनले महासङ्घ दर्ता प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन र योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
नीतिगत र व्यवहारिक समस्यामा महासङ्घ सक्रिय हुने
महासचिव अधिकारीले पानी उद्योगीहरूले भोग्दै आएका नीतिगत, कानुनी तथा व्यवहारिक समस्याको समाधानका लागि महासङ्घ प्रतिबद्ध भएर अघि बढ्ने स्पष्ट पारे। उनले उद्योगीहरूको हकहित संरक्षण, समन्वय र सहकार्यमार्फत पानी उद्योग क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउने महासङ्घको लक्ष्य रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्