images
images
images

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले पुर्पक्षका लागि २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपेकी पहाडी मंगलबार बिहान अदालतमा उपस्थित भएकी थिइन् ।

अदालतमा उपस्थित भएपछि न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आजै उनको बयान र थुनछेक बहस भएको थियो ।

थुनछेक बहसपछि पहाडीलाई धरौटीमा छाड्ने आदेश भएको अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए ।

तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी निमित्त हुँदै २०८१ भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

तर उनीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्