पूर्वाधार वाच, जनकपुर ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित विकासका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको बताएका छन् ।
बुधबार जनकपुरधाममा सीता पुष्पवाटिका (मणिमण्डप)को समुद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि शहरी विकास मन्त्रालयले विभिन्न ऐतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरूको निर्माण गरेको बताए ।
उनले धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार प्रसार भारत र नेपालमा मात्र नभई सम्पूर्ण विश्वमा गर्नु पर्नेमा लागि पर्न आवश्यक रहेको उल्लेख गरे । उनले जनकपुरधाम सिता माता र भगवान् रामको विवाह स्थल भएकाले यस क्षेत्रलाई म्यारेज डेस्टिनेसनको रूपमा विकास गर्ने तर्फ लग्नुपर्नेमा जोड दिए ।
त्यसका लागि आवश्यक भौतिक संरचना र सुविधाहरूको विकास गर्न पहल आवश्यक रहेको उनले धारणा राखे । मन्त्री सिंहले मणिमण्डपको नयाँ भवन शहरी विकास मन्त्रालयले निर्माण गरे पनि यसको संरक्षणका लागि स्थानीयवासी र स्थानीय तहलाई ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्