पूर्वाधार वाच, काठमाडौं ।
प्रतिनिधिसभामा प्रस्तुत भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ संसदीय समितिमा पठाइएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकलाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
विधेयकलाई छलफलका लागि समितिमा पठाउने कि संसदबाट सिधै पास गर्ने भन्ने विषय सत्ता साझेदार दलबिच विवाद थियो ।
एमाले यो विधेयकलाई फास्ट ट्याकबाट पारित गर्नुपर्छ भन्ने पक्षमा थियो । कांग्रेस भने विधेयकलाई समितिमा पठाएर आवश्यक संशोधनपछि मात्रै पास गर्नुपर्छ भन्ने पक्षमा थियो ।
उक्त विधेयकमा ५५ सांसदले संशोधन प्रस्ताव हालेका छन् । तीमध्ये १४ जना काँग्रेस संसद् छन् । उक्त विधेयक अब कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्