images
images
images

पर्यटनमन्त्री पाण्डेले गरे प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञपरिषद् सदस्यहरूसँग छलफल

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा ना गरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रवार प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञपरिषद् सदस्यहरूसँग नेपाली ललितकलाका विविध विषय, क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेका छन् ।

छलफलमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, बहुआयामिक तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

मन्त्री बद्रीप्रसाद पाण्डेले हालको कार्यसमितिको दूई वर्षे कार्य विवरणमा उत्साहजनक दृष्टिकोण देखिएको बताउँदै मन्त्रालयसँग सम्बन्धित सबै कुरामा सक्दो सहयोग तथा सहजीकरण गर्ने बताए । उनले संस्कृतिको क्षेत्रसँग सम्बन्धित रहेर कार्य गर्ने निकायबिच समन्वय र सहकार्य हुनेपर्नेमा जोड दिए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समय निकालेर प्रतिष्ठानको कुरा विस्तृतमा सुनिदिनुभएकोमा मन्त्री पाण्डेलाई आभार व्यक्त गरे । उहाँले प्रतिष्ठानको ऐन समायानुकुल परिवर्तनका लागि मन्त्रालयले सार्थक पहल गर्नुपर्नेमा जोड दिए ।

उपकुलपति लालकाजी लामाले सांस्कृति सम्पदाको मूल्य ललितकलाले नै स्थापित गरेकाले सोको सर्वाङ्गीण विकासका लागि यसबाट प्राप्त रोयल्टीको निश्चित रकम यस क्षेत्रको विकासका लागि छुट्याउनुपर्ने धारणा राखे ।

छलफलमा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले २ वर्षको अवधिमा सम्पन्न गरेका कार्य, त्यसको परिणाम तथा आगामी दिनमा गरिने कार्यक्रमको विस्तृत जानकारी सहित नेपाली ललितकलाको क्षेत्रको अवधारणा, विकास, उत्थान, प्रवर्धनका लागि गरिनुपर्ने कानुनुी, रणनीतिक, कार्यक्रमिक तथा योजनागत कार्यहरूको विस्तृतमा चर्चा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्