images
images
images

प्रधानमन्त्री ओलीले गरे पुल र प्रसूति गृह उद्घाटन

images

पूर्वाधार वाच, महोत्तरी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिकामा निर्मित पुल र प्रसूति गृह उद्घाटन गरेका छन् । शुक्रबार उनले मटिहानी वडा नम्बर ८ मा विग्ही नदीमाथि बनेको ५० मिटर लम्बाइको पुल उद्घाटन गरेका हुन् ।

मटिहानी वडा नम्बर ६ मा बनेको प्रसूति गृह पनि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । पुल निर्माणमा संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट ७ करोड ५७ लाख रुपैयाँभन्दा बढी खर्च भएको बताइएको छ ।

मन्त्रालयले पुलका लागि ९ करोड ५४ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो। चितवनस्थित कालिका कन्स्ट्रक्सन प्रा. लि.ले ७ करोड ६७ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्