पूर्वाधार वाच, काठमाडौं ।
भारतको विदेश मन्त्रालयले बिहीबार संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चको बारेमा जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सन् २०२५ मा हालसम्म प्रधानमन्त्री मोदीले पाँच देशको भ्रमण गरेका छन् । भने उक्र भ्रमणमा ६७ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । त्यस्तै, सन् २०२१ देखि २०२४ को अवधिमा प्रधानमन्त्रीका विदेश भ्रमणमा कुल २९५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।
तृणमूल कांग्रेसका नेता तथा राज्यसभा सांसद डेरेक ओ’ब्रायनको प्रश्नको लिखित जवाफमा विदेश मन्त्रालयले सो विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयले सन् २०२५ मा हालसम्म भएका भ्रमणमध्ये फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरेबियाको भ्रमणको विवरण दिएको छ। मन्त्रालयका अनुसार यस वर्ष प्रधानमन्त्रीले भ्रमण गरेका बाँकी नौ देशहरूको खर्च विवरण बिलिङ प्रकृया जारी रहेकोले सार्वजनिक गर्न नसिकएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्