images
images
images

उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै भवन निर्माण विभागका ३ कार्यालय/आयोजना प्रमुख पुरस्कृत

images

पूर्वाधार वाच, काठमाडौं । 

शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने ३ कार्यालयरआयोजनालाई पुरस्कृत गरेको छ ।

विभागबाट सञ्चालन भएका वार्षिक कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, आयोजना व्यवस्थापन, बेरुजु फर्छ्यौट र आन्तरिक व्यवस्थापन सुधारमा उल्लेखनीय कार्य सम्पादन गर्ने तीन कार्यालयरआयोजनालाई पुरस्कृत गरेको हो ।

यस वर्ष उत्कृष्ट कार्य सम्पादन गरेर पुरस्कृत हुनेहरूमा संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङका कार्यालय प्रमुख प्रदिप कुमार सिंह, कास्कीका कार्यालय प्रमुख सुनिता श्रेष्ठ र सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका  आयोजना प्रमुख कृष्ण कुमार महर्जन रहेका छन् ।

आइतबार एक समारोहबीच शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै प्रशंसा पत्रहरू वितरण गरेका थिए ।

कार्यक्रममा सचिव सिग्देलले उत्कृष्ट कार्य सम्पादन गर्ने सबैलाई बधाई दिँदै समग्र विभागीय प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा यस्ता सम्मान कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

विभागका महानिर्देशक मचाकाजी महर्जनले विभागले आगामी वर्षहरूमा पनि कार्यक्षमता, पारदर्शिता र नतिजामूलक कार्य प्रणालीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका  आयोजना प्रमुख कृष्ण कुमार महर्जन

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, कास्कीका कार्यालय प्रमुख सुनिता श्रेष्ठ

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङका कार्यालय प्रमुख प्रदिप कुमार सिंह

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्