images
images
images

फिफा वरीयतामा नेपालकाे १३ स्थान सुधार, अब ८७ औं स्थानमा

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो ।

यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो ।

गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलमा नेपालले वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो ।

दक्षिण एसियाली राष्ट्रहरूमा भारत शीर्ष स्थानमा छ। भारत ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा छ ।

यस्तै २४ स्थान माथि उक्लँदै बंगलादेश १०४ औं स्थानमा पुगेको हो। भारत र बंगलादेश दुवै एसियन कपका लागि छनोट भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्