पूर्वाधार वाच, रौतहट ।
सर्लाहीको बलरा नगरपालिकाले कार्यपालिका सदस्यको निधनमा आज ( आइतबार) एक दिनका लागि शोक बिदा दिएको छ ।
बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशावाहाले सूचना जारी गर्दै आज एक दिन नगरपालिका, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएका छन् ।
मोटरसाइकलले ठक्कर दिँदा बलरा नगरपालिका ११ छतौनाकी दलित वडा सदस्य चन्दा देवी बैठाको शुक्रबार निधन भएको थियो ।
नगर प्रमुख कुशावाहाले वडा सदस्य बैठाको निधन प्रति दुःख व्यक्त गर्दै नगरपालिकाभित्र बिदा दिइएको हो ।
५५ वर्षीया चन्दा देवीको गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्