images
images
images

रेडियन्ट ‘ए’ र अपी क्वाटरफाइनलमा प्रवेश

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो ।

सोही दिनका अन्य खेलमा अपीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जित हात पार्‍यो। अपीले पहिलो खेलमा विश्व निकेतनलाई १३ रनले र दोस्रो खेलमा मनकामनालाई ४९ रनले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। यस्तै, गेटवे एकेडेमीले मोक्षदालाई ७ विकेटले हरायो भने मोक्षदाले रेडियन्ट ‘बी’ लाई ५ विकेटले पराजित गर्‍यो ।

लिग चरणको अन्तिम दिन बुधबार ६ खेल हुने तय भएको छ। सो दिनै १ क्वाटरफाइनल खेल पनि हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्