images
images
images

सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न सकेन : पूर्वमुख्यमन्त्री कार्की

images

पूर्वाधार वाच, इटहरी ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न नसकेको बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्वासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्वासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताएका हुन् ।

उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’

सो अवसरमा कार्कीले विपन्न र सुकुम्वासी समुदायलाई सरकारको ध्यान पुग्न नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूले नेतृत्व सम्हालेको समयदेखि नै जनतामुखी अभियानलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’

कार्कीको नेतृत्वमा यसअघि विराटनगरमा समेत सुकुम्वासीहरूको पुनः स्थापनाका लागि नमुना बस्ती निर्माण गरिएको छ ।

विराटनगर–१२ मा बनेको नमुना बस्ती उनको अग्रसरतामा सम्पन्न भएको उल्लेख गर्दै उनले सुन्दरहरैंचामा गरिएको यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए ।

स्थानीय बासिन्दाले पूर्वमुख्यमन्त्री कार्कीको यस कदमलाई स्वागत गर्दै विपन्न परिवारलाई राहत पुर्‍याउने खालका यस्ता पहल निरन्तर गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्