images
images
images

शहरी विकासका निर्माणाधीन आयोजनामाथि सिंहदरबारको सिधा निगरानी

images

पूर्वाधार वाच, काठमाडौं ।

शहरी विकास मन्त्रालय मातहतका प्राथमिकता प्राप्त आयोजनाहरुको अनलाइन अनुगमन कक्ष शुभारम्भ भएको छ । उक्त अनलाइन अनुगमन कक्षको उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् ।

उक्त अनलाइन अनुगमन कक्षबाट निर्माणाधीन संघीय संसद भवन, त्रिवि क्रिकेट मैदान, नवलपरासी बर्दघाट सुस्ता पूर्वको जिल्ला सदरमुकामको एकीकृत सरकारी कार्यालय लगायत मन्त्रालयमार्फत निर्माणाधीन आयोजनाहरुको दैनिक रुपमा सिंहदरबारबाटै निगरानी गर्न सकिने छ ।

उपप्रधानमन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले आयोजना कार्यान्वयनमा पारदर्शिता र दक्षता बढाउने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो समय सरकारको उपप्रधानमन्त्रीको हैसियतमा रहेका प्रकाशमान सिंह शहरी विकास  मन्त्रालयको समग्र कामको गति बढाउन सक्रिय देखिन्छन् ।

उनले केही दिन अघि मात्रै मन्त्रालयका सचिव गोपाल सिग्देलसँग कार्यसम्पादन सम्झौता गर्दै कामको गति बढाउन कडा निर्देशन दिएका थिए ।

अनलाइन अनुगमन कक्ष शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सिग्देलले उक्त प्रणालीमार्फत तथ्यांकमा आधारित निर्णय लिन सजिलो हुने र आयोजना प्रगतिलाई समयमै अनुगमन गर्न सहज हुने जानकारी दिए ।

हरेक निर्माणाधीन आयोजनामा सीसीटिभी जडान गरेर सिंहदरबारबाट सिधा निगरानी गर्नको लागि अब शहरी विकास मन्त्रालयमा छुट्टै कक्ष स्थापना गरी २४ सै घण्टा अनलाइन अनुगमन गर्न सकिने छ ।

शुभारम्भ कार्यक्रममा मन्त्रालयका मन्त्री, सचिवसहित मन्त्रालयका विभागीय प्रमुखहरुको समेत सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्