images
images
images

सशस्त्र प्रहरीमा खुल्यो नयाँ भर्ना

images

पूर्वाधार वाच, काठमाडौं ।

सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्ना गर्न आवेदन खुला गरेको छ । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खोलेको हो ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।

जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्