पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र मन्त्रालयअन्तर्गतका निकायका विभागीय प्रमुखहरूबीच
कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूको उपस्थितिमा बिहीबार मन्त्रालयमा उनीहरुबीच कार्य सम्पादन सम्झौता सम्पन्न भएको हो ।
कार्यसम्पादन सम्झौताअनुसार वार्षिक कार्यक्रमका लक्ष्य र क्रियाकलाप, समय सीमा, आवश्यक श्रोत, सहयोगी निकाय तथा व्यक्ति, अनुगमन संयन्त्र र मूल्यांकनका सूचकहरू स्पष्ट पारिएको बताइएको छ ।

जसमा मूल्यांकनका लागि वस्तुगत आधारमा अंकभार पनि निर्धारण गरिएको छ ।
विकासका लक्ष्य हासिल गर्न, सेवा प्रवाहमा सुधार ल्याउन तथा सार्वजनिक पदाधिकारीलाई आफ्नो कामप्रति अझ जिम्मेवार बनाउन यस किसिमको सम्झौता महत्वपूर्ण हुने समेत सचिव सिग्देल बताए ।

सचिव सिग्देलले कार्य सम्पादन सम्झौता मूल्यांकन प्रणालीको अभिन्न अंगका रूपमा रहने भन्दै यसले शासकीय कार्यसम्पादनलाई थप पारदर्शी र परिणाममुखी बनाउने समेत अपेक्षा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्