images
images
images

प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमलाई सरकारको तीनै तहमा विस्तारका गर्ने : सभामुख घिमिरे

images

पूर्वाधार वाच, काठमाडौं ।

सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमलाई सरकारको तीनै तहमा विस्तारका लागि काम गरिरहेको बताएका छन् ।
बिहीबार काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले टिभीइटी क्षेत्रलाई राज्यले देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा लिएको भन्दै यसको विकासका लागि काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभीइटी) क्षेत्रलाई देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा लिएको छ । यिनै कुराहरुलाई ध्यानमा राख्दै नेपालका टिभीइटी क्षेत्रको सुधारका लागि तीनै तहका सरकारलाई उनीहरुको भूमिका कार्यान्वयन गर्न सक्षम बनाउनको लागि हामी अहिले विभिन्न कार्यक्रमहरु साथ अगाडि बढिरहेका छौ। साथै हाल नीतिगत तथा कानुनी पक्षहरुमा पनि समयकुल सुधारको प्रयासमा छौ।’

सभामुख घिमिरेले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम (टिभीइटी)ले देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा काम गर्ने बताए ।

‘नेपालको संविधानले रोजगारीको अवसरलाई सबैको आधारभूत अधिकारको रुपमा लिएको छ। यसबाहेक सक्षम मानव संसाधन मार्फत आर्थिक समृद्धि हासिल गर्नका लागि नेपालसँग स्पष्ट दृष्टिकोण छ। यसै दृष्टिकोण अन्तर्गत टिभीटी क्षेत्रलाई राज्यले देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा लिएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्