images
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

images

पूर्वाधार वाच, काठमाडौं ।

साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ । यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्