images
images
images

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल प्रहरीको नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

दर्ज्यानी चिह्न ग्रहणानपछि आईजीपी खापुङले गृह मन्त्रालयले सुम्पिएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।


उनले भने,‘नेपाल सरकार,गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु ।’
उनले प्रहरी जस्तो पवित्र सेवालाई आफ्नो स्वइच्छाले रोजेर प्रारम्भ गरेको आफ्नो तीन दशक लामो संघर्षको स्मरण समेत गरे ।

उनले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ । सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो ।

हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्