images
images
images

दशैंले बजार चलायमान, व्यवसायीलाई राहत

images

पूर्वाधार वाच, चितवन ।

बडादशैंको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् । यहाँको नारायणगढ बजारमा किनमेल गर्नेहरूको धेरे भीड देखिन्छ ।

दशैंको समयमा विशेषगरी कपडा, जुत्ताचप्पल, खाद्यान्न, भाँडाकुँडा, सुनचाँदीलगायत पसलमा बढी भिड देख्न सकिन्छ ।

यहाँको मिलनरोड, सहिदचोक, कमलनगर, पुतलीबजार, लायन्सचोकलगायत स्थानमा भीडभाड बढेको छ । दशैंमा गाउँघर जानेहरू आवश्यक सामान किन्न र बाहिरबाट आएकाहरूको उपस्थितिले चहलपहल हुने गर्छ ।

नारायणगढ बजारमा बिहानैदेखि साँझ अबेरसम्म भिडभाड हुने गरेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले बताए । बजारमा चहलपहल बढे पनि अपेक्षाकृत व्यापार भने हुन नसकेको उहाँले बताए ।

नारायणगढ बजारमा घटस्थापनापछि भीडभाड र चलहपहल बढेको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताए । उनले भने, “दसैँ नजिकिएसँगै बजारमा निकै भीड बढेको छ । पछिल्लो समय देशमा भएको राजनीति घटनाक्रम र आन्दोलनका कारण चहलपहलअनुसार व्यापार भने छैन ।”

पछिल्लो समय सुनचाँदी क्षेत्रमा व्यापार बढ्न सकेको छैन । मूल्य निरन्तर बढेपछि विगतमा जस्तो सुनचाँदीको व्यापार नभएको व्यवसायी बताउँछन् । न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्य यो क्षेत्र विदेशमा रहेकाहरूले यहाँ आएर विवाह गर्ने र सुनचाँदी किन्ने भएकाले केही राहत मिलेको बताउँछन् ।

“विगतमा जस्तो सुनचाँदी किन्नेहरू छैनन् । पुराना सुन ल्याउने र नयाँ बनाएर लैजानेको सङ्ख्या बढी छ । मूल्य बढ्ने आशमा पुराना सुन बिक्री गर्नेहरू भने घटेका छन्”, उनले भने, “विगतको जस्तो व्यापार नभए पनि चाडपर्व भएका कारण अरु समयको भन्दा बढी चहलपहल छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्