पूर्वाधार वाच, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती, वाग्मती करिडोरलगायत क्षेत्रको अवलोकन गरी ती क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।

सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क भएर बस्न आग्रह गरेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्