images
images
images

सडक डिभिजन लहानका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images

पूर्वाधार वाच, सर्लाही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

उनीहरूलाई सिरहाको कल्याणपुर नगरपालिका – ५ स्थित चिकनास्थानमा प्रदेश सरकारको योजना अन्तर्गत सडक ढलान निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियारले उनीहरूबाट करिब २ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा बराबरको भ्रष्टाचार भएको दाबी गर्दै उक्त रकम बिगोको रूपमा असुल गर्न मागसहित मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दर्ता गरिएको मुद्दा सम्बन्धमा सर्वोच्च अदालतका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिँदै पूर्व डिभिजनल इन्जिनियर दास हालै रेल विभागका महानिर्देशकको पदबाट अवकाश प्राप्त गरेको समेत बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्