पूर्वाधार वाच, बाजुरा ।
बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा परेको छ । मार्तडी–कोल्टी सडक खण्डको बाउलीमा निर्माणधीन उक्त पुल करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा परेको हो ।
निर्माण कार्य सुरु भएको करिब वर्ष बितिसक्दा पनि निर्माण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेको छ ।

सुदूरपश्चिमको गौरवको आयोजनाको रूपमा रहेको मार्तडी कोल्टी सडक खण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अवस्थामा छ । मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत सदरमुकाम मार्तडी जोड्ने आरसिसि ब्रिज निर्माण सम्झौता भएको पाँच वर्षसम्म पाँच प्रतिशत समेत काम हुन सकेको छैन ।
ठेकेदारको चरम लापरवाहीका कारण निर्माणधीन पुल अलपत्र अवस्थामा परेको हो । निर्माण कार्यको म्याद पटक पटक थप्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन ।
लामो समयसम्म पनि पुल निर्माण नहुँदा यहाँका स्थानीयहरूले सास्ती खेप्दै आइरहेका छन् भने यातायातका साधनहरूलाई पनि बर्षातको समयमा आवतजावत गर्न निकै समस्या हुँदै आएको छ ।
२०७९ फागुन १५ भित्र मोटरेबल पुल निर्माण सक्ने गरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरेर निर्माणको जिम्मा लिएको थियो । तर निर्माणको जिम्मा लिएको करिब पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा उक्त निर्माणधीन पुल अलपत्र अवस्थामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्