पूर्वाधार वाच, काठमाडौं ।
मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभा राजधानीको थापागाउँस्थित थापागाउँ बैंक्वेटमा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
रु १,३५१,५५२,८४८.८० चुक्ता पुँजी रहेको मञ्जुश्री फाइनान्स देशकै सर्वाधिक चुक्ता पुँजी भएको फाइनान्स कम्पनीमध्ये एक मानिन्छ। कम्पनीले हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १९.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको छ।
ग्राहकहरूलाई आकर्षक ब्याजदरमा निक्षेप सुविधा र सुलभ दरमा कर्जा सेवा उपलब्ध गराउँदै आएको मञ्जुश्री फाइनान्सले हाल २७ शाखा र १ विस्तारित काउन्टरमार्फत सेवा विस्तार गरेको छ। कम्पनीमार्फत १ लाख ६० हजारभन्दा बढी ग्राहकले वित्तीय सेवा प्राप्त गर्दै आएका छन्।
फाइनान्सले आगामी दिनमा डिजिटल सेवा प्रवर्द्धन, वित्तीय पहुँचको विस्तार र ग्राहकमैत्री सेवामा थप मजबुती ल्याउने प्राथमिकता रहेको जनाएको छ।
यसैगरी चालू आ.व.मा कम्पनीको निक्षेपमा २५/८९ प्रतिशतले वृद्धि भएको छ भने लगानीमा ३६/६५, कूल कर्जामा १९/६५, कूल व्याज आम्दानीमा १/३७, संचालन मुनाफामा ४८/६५, र खुद मुनाफामा ३९र२३ प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी गराएको छ ।
साधारणसभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाको समाधान कम्पनी अधिकारी र प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले गरेका थिए । अन्य विविध छलफलका साथ साधारणसभा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्