images
images
images

वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

images

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबुझिने सम्पत्ति फेला परेको आयोगले जनाएको छ ।

श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत रहँदै आएका थिए । श्रेष्ठले आफ्नो वार्षिक सम्पत्ति विवरणमा सम्पूर्ण सम्पत्ति नखुलेको, झूटो विवरण पेश गरेको र लुकाएको प्रमाण फेला परेपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफा अनुसार कारबाहीका लागि मुद्दा दायर गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्