images
images
images

सप्तरीमा कृषि सडकमा अनियमितता : निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images

पूर्वाधार वाच, सर्लाही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको महादेवा गाउँपालिका – २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा निर्देशनालयका योजना प्रमुख तथा कृषि अर्थविज्ञ विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा–२ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सल्टेन्ट कम्पनीका प्रोप्राइटर हरिशकुमार सिंह समेतलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती आठै जनामाथि ६ लाख ९० हजार ६५७ रुपैयाँ बराबरको आर्थिक बिगो कायम गरी विशेष अदालतमा मङ्गलबार मुद्दा दायर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्