पूर्वाधार वाच, काठमाडौं ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक डा. प्रकाश प्रसाद साहले रोजगारीको प्रलोभनमा अस्पतालकै महिला कर्मचारीलाई यौन प्रस्ताव राखेको अडियो भाइरल भएको छ ।
पूर्वाधार वाचलाई प्राप्त उक्त ८ मिनेट ५८ सेकेन्ड लामो अडियोमा डा. साहले महिला कर्मचारीलाई जागिरको प्रलोभन देखाएर यौन प्रस्तावको आशय व्यक्त गरेको बुझ्न सकिन्छ ।
उनले अडियो संवादमा ‘आइ लाइक यु, आई लभ यु’ भन्ने जस्ता शब्द प्रयोग गरेका छन्। उनले दुवैको उमेर अनि सोच नमिले पनि मन पराउन पाउनु धिकार रहेको भन्दै ती महिलासँग निरन्तर सम्न्धमा रहन आग्रह गरिरहेको सुन्न सकिन्छ ।
‘समितिको जागिर भनेको स्थायी जागिरे जस्तै हो क्या…जस्तै १८ जनाको दरबन्दी हो नि त यहाँ’ भन्दै युवतीलाई प्रलोभनमा पार्दै समितिको जागिरमा राखेपछि ननिकालिने भन्दै डा. साहले अस्पतालमा छिरेपछि समितिको जागिरमा तान्न प्रलोभन समेत दिएको अडियोमा छ ।
यसबारे डा. साहसँग पूर्वाधार वाचले सम्पर्क गर्दा उक्त अडियो तोडमोड गरेर बाहिर आएको बताए । यद्यपि उक्त अडियो आफ्नै भएको भने उनले घुमाउरो पारामा स्वीकार गरेका छन् ।
उनले नियोजित रुपमा आफ्नो अन्तै सरुवा गराउनेदेखि आफूभन्दा जुनियरलाई निर्देशकको जिम्मेवारी दिने गिरोह वा समूहले चरित्रहत्या गर्ने गरिको यो प्रकरण निर्माण गरेको जिकिर गरे । डा. साहसँग विस्तृतमा गरिएको कुराकानी उनकै अनुमतिमा पूर्वाधार वाचले सुरक्षित राखेको छ ।
अडियोसहित…
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्