पूर्वाधार वाच, काठमाडौं ।
एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रूपमा संचालनमा आएको पहिलो बर्षमै सात प्रतिशत बोनस शेयर आफ्ना शेयर धनीहरूका लागि वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयर धनीका लागि सात प्रतिशत बोनस शेयर र सो बापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावसहित आउने मंसिर २० गते दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।
अधिकृत पुँजी दुई अर्ब, जारी पुँजी ५० करोड र संस्थापकहरूले चुक्ता गर्ने पुँजी ३५ करोड रहेको सो कम्पनीका तीन सय ३२ जना शेयर धनी छन् । कम्पनी ले पुँजी बजारमा संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्ने नीति लिएको हो ।
कम्पनीले सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताव पारित गर्नेलगायतका प्रस्ताव साधारण सभामा लैजाने निर्णय पनि गरेको छ ।
०८१ सालअनुसार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पुँजी बजारमा लगानी केन्द्रित गरी जोखिम व्यवस्थापन गरेर शेयरधनीलार्ई उचित प्रतिफल दिने तयारी गरेको छ ।
शेयर बजारका लगानीकर्ताहरूले स्थापना गरेको कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्