images
images
images

हायात रिजेन्सीले गर्‍यो १३३ जना श्रमिक कटौतीको घोषणा

images

पूर्वाधार वाच, काठमाडौं ।

हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटेलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ ।

होटेल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो ।

सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटेलले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ ।

कोभिड–१९ महामारी र त्यसपछिका आर्थिक असरका कारण होटेलले ठूलो घाटा व्यहोर्नु परेको भन्दै व्यवस्थापनले अहिलेको अवस्थामा सम्पूर्ण श्रमिकलाई कायम राख्न नसक्ने जनाएको छ ।

होटेलका अनुसार, विदेशी पर्यटक आगमन घट्दा आयमा कमी आएको र अन्तर्राष्ट्रिय बजारमा होटेल व्यवसाय पुनः उकासिन नसक्दा यस्तो अवस्था आएको हो ।

व्यवस्थापनले ट्रेड युनियन र सम्बन्धित पक्षहरूसँग छलफलपछि पनि वैकल्पिक उपाय नपाइएको र बाध्यतावश श्रमिक कटौती गर्नुपरेको जनाएको छ । होटेलले श्रमिकलाई कानुनअनुसार सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

होटेलका महा–प्रबन्धक आशिष् कुमारद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘हालको अवस्था र आर्थिक क्षतिका कारण होटेल सञ्चालन निरन्तर गर्न असम्भव भएकाले २०७४ को श्रम ऐन बमोजिम २३१ जना श्रमिक कटौती गर्नुपरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्