पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास मन्त्रालय अन्तगर्तको शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा सहसचिव रविन्द्र बोहरा नियुक्त भएका छन् ।
उनलाई बिहीबार शहरी विकास मन्त्री कुलमान घिसिङले विभागको महानिर्देशक नियुक्त गरेका हुन् ।
बोहरा शहरी विकासका विज्ञसमेत हुन् । उनी यसअघि मन्त्रालय मातहतका विभिन्न आयोजनाको प्रमुख एवं विभागको उपमहानिर्देशक समेत भइसकेका छन् ।
यस्तै विभागमा महानिर्देश्क बोहरा आएसँगै उपमहानिर्देशक समेत परिवर्तन भएका छन् ।
सहसचिवहरु एकराज अधिकारी, प्रकाश अर्याल, लिला खतिवडा र सुनिल कुमार ठाकुर विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्