images
images
images

श्रीवृक्ष बचत तथा ऋण सहकारीको पन्ध्रौं वार्षिक साधारणसभा अध्यक्ष दिपेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं
धुम्बाराहीस्थित श्रीवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। शनिबार (२२ कार्तिक २०८२) अध्यक्ष दिपेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन २०८१/८२, लेखा परीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू छलफलपछि सर्वसम्मतिले पारित गरेको छ।

अध्यक्ष बस्नेतले सभामा संस्थाले अपनाएको सुशासन, दक्ष जनशक्ति निर्माणको नीति नेपालकै लागि नमुना बन्दै गएको उल्लेख गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि सहकारीका मूल मूल्य, मान्यता र सिद्धान्तप्रति अडिग रहँदै सामाजिक व्यवसायका रूपमा संस्थालाई सुदृढ बनाइरहेको जानकारी दिए।

उनका अनुसार, सदस्यहरूको सहजताका लागि “घरमै गएर बचत फिर्ता सेवा” प्रारम्भ गरिएको छ भने शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्योग तथा व्यापारलाई प्राथमिकतामा राखेर प्रविधिमैत्री कार्यक्रमहरू सञ्चालन भइरहेको छ। हाल संस्थामा १,९७८ जना सदस्य रहेका छन् र ती सदस्यमार्फत करिब रु. १३ करोड पूँजी संकलन भएको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सहकारीको अवस्था यसप्रकार रहेको छ:

  • शेयरपूँजी : रु. १,४९,१३,२००/-

  • कुल बचत निक्षेप : रु. ११,०७,७३,०५१/-

  • कर्जा लगानी : रु. ७,३९,७३,४१९/-

  • जगेडा कोष : रु. २३,२३,९२०/-

  • अन्य कोष : रु. ३,३०,१४५/-

  • तरलता मौज्दात : रु. ४,१६,४८,१५१/-

उक्त विवरण संस्था द्वारा सार्वजनिक गरिएको वित्तीय तथ्याङ्कमा समावेश गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्